काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।
सोमबारदेखि इजलासमा सरकारी पक्षको बहस भइरहेको छ। पहिलो दिन महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।
दोस्रो दिन आज नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस सुरु गरेका छन्। सरकारी पक्षले पाएको साढे ७ घन्टाको समयमा बहस सक्ने तयारी छ। त्यसपछि विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, सभामुखका निजी कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
उनीहरूको बहस सकिएपछि रिट निवेदक पक्षले जवाफ दिनेछ। र, त्यसपछि अदालतले मागेको एमीकस क्यूरीको रायमा चारजनाले बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि इजलासबाट फैसला आउने छ।