काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज फेरि लन्च मिटिङ भएको छ। सिंह निवास चाक्सीबारीमा दिउँसो लन्चसहित छलफल भइरहेकाे छ।
कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच छलफलले तीव्रता पाएको छ। केही दिनअघि उपसभापति निधि निवासबाट सुरु भएको लन्च मिटिङ कोइराला निवास हुँदै मंगलबार चाक्सीबारीमा भइरहेकाे महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
तीनै नेता कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। गत सोमबार निधि निवासमा भएको भेटमा उनीहरुले एकअर्कासँग सहयोग मागेका थिए।
यस्तै शुक्रबार महामन्त्री कोइराला निवास महाराजगञ्जमा शुक्रबार तीन नेताबीच भएको छलफलमा आगामी महाधिवेशनमा एकै स्थानमा उभिने विषयमा कुराकानी भएको थियो। आगामी महाधिवेशनमा तीनै जना नेता एकैठाउँ उभिने विषयको छलफल सकारात्मक भएको उनीहरू बताएका थिए।