आइतबार, भदौ ७, २०८३

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।  मंगलबार बिहान सखुवा प्रसौनी गाउँपालिका–४ देवरबाना र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीमा दुई जनाको मृत्यु भएको हो। 

चट्याङ लागेर देवरबानाका ५५ वर्षीय रघुवीर यादव र गदियानीका २७ वर्षीय रसुल आद गदी र जिराभवानी-३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू मंगलबार बिहान पथलवाघाट क्षेत्रमा भैंसी चराउन गएका थिए। घटनामा चार जना घाइते भएका छन्। 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 29, 2021| 05:45 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।