आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अटोरिक्सामा जन्मिएकी दीपिकाको धनुष प्रेम, जसले विश्वकै नम्बर एक बनायो

अटोरिक्सामा जन्मिएकी दीपिकाको धनुष प्रेम, जसले विश्वकै नम्बर एक बनायो

संघर्षपूर्ण जीवनमा विगत १३ वर्षदेखि दीपिकाले थुप्रै मेडल जितेकी छन्। उनले यो बीचमा आफ्नो परिवारको आर्थिक अवस्थामा पनि निकै सुधार ल्याएकी छन्। गत वर्ष मात्रै उनले धर्नुधारी अतानु दाससँग बिहे गरिन्। भारतमा दीपिकालाई एक रोल मोडलको रुपमा लिइन्छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

भारतीय धनुर्धारी दीपिका कुमारीले आइतबार पेरिसमा आयोजित आर्चरी (स्टेज ३) मा तीन गोल्ड मेडल जितेर वर्ल्ड र्‍यांकिङमा  पहिलो स्थान कामय गरेकी छन्।

दीपिकाले महिलाहरूको धनुर्धारी प्रतिस्पर्धामा फाइनल राउन्डमा रुसी खेलाडी एलेना ओसिपोवालाई ६-० ले हराउँदै तेस्रो गोल्ड मेडल आफ्नो पोल्टोमा पारेकी हुन्। यस भन्दा पहिले मिक्स राउन्ड र महिला टीम रिकर्भ प्रतिस्पर्धामा पनि उनले गोल्ड मेडल हात पारेकी थिइन्। दीपिकाले पाँच घन्टामा तीन गोल्ड मेडल हात पार्दै इतिहास रचेकी छन्।

दीपिका यस भन्दा पहिले १८ वर्षकै उमेरमा वर्ल्ड नम्बर वान खेलाडी बनिसकेकी छन्। उनले अहिलेसम्म विश्वकप प्रतियोगितामा ९ स्वर्ण पदक, १२ रजत पदक र सात काश्य पदक जितिसकेकी छन्। 

दीपिका आगामी महिना टोक्यो ओलम्पिकमा भाग लिन जापान जाने भएकी छन्। भारतबाट गइरहेको धनुर्धारी टीममा उनी एक्ली महिला हुन्।

उनी झारखन्डको निकै गरिब परिवारमा जन्मिएकी थिइन्। २७ वर्षे दीपिक १४ वर्षको उमेरदेखि नै यो खेलमा आवद्ध छिन्।

किशोरी उमेरमै दीपिका धनुर्धारी सिक्न घरबाट निस्किएकी थिइन्। उनी त्यसरी निस्किँदा परिवारका सदस्य एक बोझ कम भएको भन्दै खुशी बनेका थिए। अहिले दीपिकाले आफ्नो शक्ति र साहसमा परिवारको आर्थिक र सामाजिक हैसियत निकै माथि उठाइदिएकी छन्।

दीपिकाका बुवा शिव नारायण महतो एक अटो चालक थिए। उनकी आमा गीता मेडिकल कलेजमा ग्रुप डी कर्मचारीको रुपमा कार्यरत थिइन्।

दीपिकाका बुबा र बहिनी (सबैभन्दा दायाँ)

ओलम्पिक महासंघले दीपिकाको संघर्षलाई लिएर एक फिल्म बनाएको छ। दीपिकाका बुवा शिव नारायण भन्छन्, 'जब दीपिकाको जन्म भएको थियो, हामी निकै आर्थिक मारमा थियौं। मेरी श्रीमती महिनाको पाँच सय कमाउँथिन्। र, मैले सानो किराना पसल चलाएको थिएँ।'

दीपिकाको जन्म चलिरहेकै अटोमा भएको थियो। उनी ओलम्पिक खेल्न जाँदासम्म पनि परिवारको आर्थिक अवस्था कमजोर नै थियो। भनिन्छ, जीवनमा धेरै कुरा संयोगवश नै हुन्छ। १४ वर्षको उमेरमा धनुषवाण उठाएकी दीपिकाको धनुर्धारी दुनियाँमा प्रवेश पनि एक संयोगले भएको थियो। उनले आफ्नो सुरुआती कदम बासबाट बनेको धनुषबाट उठाएकी थिइन्।

दीपिका आफू यो खेलप्रति निकै आकर्षित भएको बताउँछिन्। उनले यो खेललाई चुनेको नभएर खेलले उनलाई चुनेको झैं लाग्छ अचेल।

दीपिका सन् २००७ मा मामाघर जाँदा बहिनीले अर्जुन आर्चरी एकेडेमीको बारेमा सुनाइन्। त्यहाँ सबै कुरा निःशुल्क सिकाइन्थ्यो। खेल्ने सामग्रीका साथै खाना पनि निःशुल्क नै थियो। त्यति भए के चाहियो र उनलाई। घरको आर्थिक बोझ कम हुने ठानेर उनी त्यहाँ पुगिन्।

दीपिकाले आफ्नो कुरा बुवासामु राखेकी थिइन्। तर, उनका बुवाले त्यो कुरालाई अस्वीकार गरिदिए। कारण बुवालाई सानी छोरीलाई २ सय किलोमिटर टाढा छोड्न मन थिएन। तर, उनको जिद्दीका अगाडि बुबाको केही लागेन।

एकेडेमीले उनलाई पहिलो पटक लिन मानेको थिएन। किनकि उनी निकै दुब्ली थिइन्। उनले एकेडेमीसँग तीन महिनाको समय मागिन्। र, आफूलाई सक्षम रहेको सावित गरिदिइन्।

'एकेडेमीको सुरुवाती बसाइ मेरा लागि निकै रोचक थियो। किनकि मेरा लागि त्यहाँ सबै नयाँ थियो। केही समयपछि मेरो सामु निकै समस्या आए। जसले गर्दा म निरास पनि भएकी थिएँ,' उनी सम्झिन्छिन्।

एकेडेमीमा बाथरुम थिएन। नुहाउनका लागि नदीमा जानुपर्थ्यो। राति जंगली हात्तीको डर हुन्थ्यो। त्यसैले राति बाथरुमका लागि बाहिर जान निषेध थियो। उनी खेलमा रमाइरहेकी थिइन्। उनलाई चाँडै नै धनुष प्राप्त भएको थियो। र, उनी सुट पनि गर्न लागेकी थिइन्। बिस्तारै उनलाई यो प्यारो लाग्न थालेको थियो।

दीपिकाले सुरुआती दिनमै जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन थालिन्। उनले प्रतियोगितामा एक सय, दुई सय पचास, पाँच सय रुपैयाँ पुरस्कार पाउँथिन्। त्यो उनका लागि निकै महत्वपूर्ण थियो।

२००८ मा जुनियर वर्ल्ड च्याम्पियनशिपको ट्रायलका दौरान दीपिकाको भेट धर्मेन्द्र तिवारीसँग भयो, जो टाटा आर्चरी एकेडेमीका कोच थिए।

दीपिका भन्छिन्, 'धर्मेन्द्र सरले मलाई छान्नुभयो। मलाई खरवासाबाट टाटा आर्चरी एकेडेमीमा ल्याउनुभयो। मलाई त्यो ठाउँ निकै मन पर्‍यो। मैले त्यहाँ घुम्दा जीवनभर यही रहुँ भनेर भागवानसँग कामना गरेकी थिए। मेरो कामना पूरा पनि भएको छ।'

तिवारी अहिले पनि दीपिकाका कोच छन्। दीपिकाले  एक अन्तरवार्तामा २०२१ मा आफू धनुषको निसाना लगाउनेमा विश्वमै एक नम्बर हुँदा पनि उनलाई वर्ल्ड रेकर्डका बारेमा थाहा नभएको बताएकी थिइन्। उनले कोचसँग सोधेर एक नम्बर बन्नुको अर्थ बुझेकी थिइन्।

यसपछि दीपिकालाई जीवनमा एक झट्का लाग्यो। उनी ओलम्पिकमा ब्रिटेनी खेलाडी एमी ओलिवरसँग ६२ ले पराजित भएकी थिइन्। यो उनको जीवनको निकै तनावपूर्ण समय बन्यो। 

'यो म्याच हुँदा हावा निकै तेज थियो। मलाई हावाको तिब्रताले अलमलमा पारिदियो। हावाको बहाव बुझ्दाबुझ्दै म्याच सकियो,' उनले भनिन्।

संघर्षपूर्ण जीवनमा विगत १३ वर्षदेखि दीपिकाले थुप्रै मेडल जितेकी छन्। उनले यो बीचमा आफ्नो परिवारको आर्थिक अवस्थामा पनि निकै सुधार ल्याएकी छन्। गत वर्ष मात्रै उनले धर्नुधारी अतानु दाससँग बिहे गरिन्। भारतमा दीपिकालाई एक रोल मोडलको रुपमा लिइन्छ।

- बीबीसी हिन्दीबाट

प्रकाशित: Jun 29, 2021| 04:27 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।