आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडक खन्ने क्रममा माटोले पुरिएर स्काभेटर चालकको मृत्यु

सडक खन्ने क्रममा माटोले पुरिएर स्काभेटर चालकको मृत्यु

सडक खन्नेक्रममा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाका २६ वर्षीय स्काभेटर चालक सन्तोष थारू रहेकाछन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

सुर्खेत- सडक खन्नेक्रममा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाका २६ वर्षीय स्काभेटर चालक सन्तोष थारू रहेकाछन्। 

अदानचुली गाउँपालिका-५ को सेरामा सडक खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर चालकको मृत्यु भएको हो। ‘स्काभेटरले सडक खन्दै गर्दा माथिबाट ठूलो माटोको ढिस्को आएछ,’ हुम्लाका डीएसपी हेरम्ब शर्माले भने, ‘माटोले स्काभेटरसहित चालक पुरिएछन्।’ 

माटोमा पुरिएका उनको समयमै उद्दार हुन नसक्दा मृत्यु भएको प्रहरीको अनुमान छ। ‘सुख्खा पहिरो आकारकै माटो खसेछ,’ उनले भने, ‘समयमै उद्दार हुन नसक्दा चालकको मृत्यु भएको हो।’ थप माटो खस्न सक्ने डरले समयमै उद्दारमा ढिलाई भएको उनले बताए। 

साथमै रहेका स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन्। सोमबार बेलुका घटना भएको हो। सोमबार राति नै स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको थिए। घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन पैदल हिड्नुपर्छ।

प्रकाशित: Jun 29, 2021| 04:22 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।