आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता : नेपाल

निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता : नेपाल

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन्। राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।  

‘आज असार १५, राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’उनले भनेका छन्, ‘असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ। नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ।’

किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाई छ। ‘समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरूले उठाउँदै आएका मागहरू सम्वोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ,’उनले भनेका छन्।

प्रकाशित: Jun 29, 2021| 03:39 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।