आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले कृषि क्षेत्रमा दलाल पुँजीवाद भित्र्याउने काम गरिरहेको छ : वामदेव

सरकारले कृषि क्षेत्रमा दलाल पुँजीवाद भित्र्याउने काम गरिरहेको छ : वामदेव

नेकपा एमालेका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने काम गरिरहेको बताएका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने काम गरिरहेको बताएका छन्।

असार १५ अर्थात धान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको बताएका छन्। 

‘नेपालको संविधान २०७२ अनुसार भूमिसुधार गर्ने, किसानका हक अधिकार सुनिश्चित गर्ने जस्ता कार्यक्रमसहित हामी समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ,’उनले भनेका छन्,‘सरकारले चालेका किसान विरोधी कदम, नेपालको कृषि क्षेत्रलाई तहस नहस पार्ने क्रियाकलापको घोर भत्र्सना गर्दछु।’

उनले सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेको पनि बताएका छन्। ‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडलको कृषि कार्य हो। जहाँ व्यापारिक कम्पनीहरु हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन्,’उनले भनेका छन्, ‘भारतदेखि युरोपेली मुलुकका किसानहरु यस्तो खेती प्रणालीबाट प्रताडित छन्। कतिपय मुलुकका किसान यस्तो खेती प्रणालीविरुद्ध आन्दोलित छन्। अहिले नेपालमा त्यही प्रणाली भित्र्याउनका लागि सरकार दत्तचित्त भएर अग्रसर छ।’

प्रकाशित: Jun 29, 2021| 03:24 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।