काठमाडौं- यातायात व्यवसायी तथा मजदुरले सरकारी आदेशको अवज्ञा गर्दै असार १८ गतेदेखि देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले आज मंगलबारदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिनगरी निर्णय गरे पनि व्यवसायी र मजदुरले भने स्वास्थ्य मापदण्ड अपनाएर देशैभर यातायात चलाउने निर्णय गरेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जोरबिजोर प्रणाली लागू नगरेर सबै प्रकारका सार्वजनिक यातायात चल्न दिनुपर्ने माग सरकारसँग गरेका छन्।
साथै सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने माग पनि उनीहरुको छ।