आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको 'डेल्टा प्लस' फोक्सोका लागि झनै घातक, फोक्सो स्वस्थ राख्न यसो गर्नुस्

कोरोनाको 'डेल्टा प्लस' फोक्सोका लागि झनै घातक, फोक्सो स्वस्थ राख्न यसो गर्नुस्

फोक्सो स्वस्थ राख्ने उपाय भनेको स्वस्थ खानपान र मास्कको अनिवार्य प्रयोग नै हो।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- हाम्रो शरीरको महत्वपूर्ण र उपयोगी अंगमध्ये एक हो, फोक्सो। यसले लगातार शरीरलाई अक्सिजन प्रदान गर्छ। त्यसैले यसको रक्षा निकै महत्वपूर्ण छ।

यतिबेला कोरोना संक्रमणले विश्व आक्रान्त छ। नयाँनयाँ भेरिएन्ट पैदा भइरहेका छन्। कोरोना भाइरसले सुरुदेखि नै फोक्सोमा बढी असर गरिरहेको छ। दोस्रो लहरमा पनि कोरोनाले फोक्सोलाई नै बढी आक्रमण गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

पछिल्लो पटक देखा परेको डेल्टा प्लस भेरिएन्टलाई झनै खतरापूर्ण मानिएको छ। यस्तो अवस्थामा फोक्सोलाई स्वस्थ राख्न निकै आवश्यक छ।

फोक्सो स्वस्थ राख्ने उपाय भनेको स्वस्थ खानपान र मास्कको अनिवार्य प्रयोग नै हो। फोक्सोका लागि अदुवा निकै लाभदायक मानिन्छ। यसले फोक्सोलाई स्वस्थ राख्नका लागि महत्वपूर्ण भूमिका खेल्छ। श्वास तन्त्रबाट विषाक्त पदार्थलाई हटाइदिन्छ यसले। विशेषज्ञका अनुसार अदुवामा एन्टी इफ्लेमेटरी गुण हुन्छ, जसले फोक्सोलाई सुरक्षित राख्छ।

लसुन पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा रहेको इन्जाइमले फोक्सोको क्षमतामा वृद्धि गर्छ। लसुनले फोक्सोको गर्नुका साथै समग्र स्वास्थ्यमा नै थुप्रै फाइदा पुग्छ किनकी यसमा औषधीय गुण हुन्छ।

फोक्सो स्वस्थ राख्नका लागि फर्सी, स्याउ, गेडागुडी पनि निकै उपयोगी हुन्छ। यसका अलावा बेसारले पनि फोक्सोलाई फाइदा पुग्छ। बेसार र दूधको सेवनले अरु फाइदा पनि पुग्छ नै।

अर्को महत्वपूर्ण कुरा, फोक्सोलाई स्वस्थ राख्नका लागि शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ। पानीले फोक्सोको कार्यक्षमता बढाउँछ। पानीले शरीरमा रहेका बेकार चिजलाई बाहिर निकाल्छ।

यसका साथै फोक्सोलाई बलियो बनाउनका लागि धुम्रपान, मध्यपान जस्ता पदार्थको सेवन गर्नु हुँदैन। कोरोनाको डेल्टा प्लस भाइरस निकै घातक पाइएकाले फोक्सो बलियो बनाउने खानपानमा ध्यान दिनुपर्छ।

प्रकाशित: Jun 29, 2021| 02:06 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।