आइतबार, भदौ ७, २०८३

कर्णालीमा ५५ प्रतिशत रोपाई सकियो

कर्णाली प्रदेशमा ५५ प्रतिशत अर्थात करिव २६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा ५५ प्रतिशत अर्थात करिव २६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ। जसमध्ये प्रदेशका हिमाली जिल्लाहरू (जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट)मा ९० प्रतिशत रोपाई सकिएको छ।

मुगु, हुम्ला र डोल्पामा न्यून क्षेत्रफलमा मात्रै धान रोपाई हुन्छ। त्यस्तै रुकुमपश्चिम, जाजरकोट र सल्यानमा ८० प्रतिशत, दैलेखमा ४७ र सुर्खेतमा ३४ प्रतिशत रोपाई सकिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। कर्णालीका हिमाली जिल्लामा चैतदेखि नै रोपाई सुरु हुन्छ। पहाडि जिल्लामा बर्खा लागेपछिमात्रै रोपाई सुरु हुन्छ।

यो वर्ष समयमै पानी परेका कारण जेठको पहिलो सातदेखि रोपाई सुरु भएको निर्देशक चित्रबहादुर रोकायाले जनाए। कर्णाली प्रदेशलाई तराइले छोएको छैन। पहाडि जिल्लाका खोला, नदीका छेउछाउमा धान रोपाई गरिन्छ।

कर्णाली प्रदेशभर करिव ४६ हजार हेक्टरमा धान रोपाई मात्रै धान रोपाई हुन्छ। सिचाई सुविधाको अभाव र भिरालो जमिनकै कारण कूल खेतियोग्य जमिनको ८० प्रतिशत जमिन बाँझै छ । प्रदेशको २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफलमध्ये दुईलाख ९९ हजार ३३९ हेक्टरमा मात्रै खेतियोग्य जमिन छ।

प्रकाशित: Jun 29, 2021| 00:47 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।