आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन 

मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन 

शिक्षा तथा विभिन्न पाँच मन्त्रालयका मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन गरिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

बुटवल- शिक्षा तथा विभिन्न पाँच मन्त्रालयका मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन गरिएको छ।

जातीय भेदभाव तथा छुवाछूत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबलसहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरिएको हो। संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको पुष्पलाल पार्कमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभावविरुद्ध सोमबार प्रदर्शन गरेको छ। 

‘जात व्यवस्था अन्त्य गर’, ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’, ‘जात व्यवस्था बचाउने सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिएको थियो।

सञ्चारकर्मी रुपा सुनारले जातकै कारण भाडामा कोठा नपाएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन्। जातीय विभेदको सरकारवादी मुद्दालाई आरक्षणसँग तुलना गरेर विभिन्न तर्क वितर्कसमेत हुन थालेकोमा आपत्ति जनाउँदै जात व्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी प्रदर्शनमा सहभागीले दिए। 

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे। उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या रहेको भन्दै विभेदयुक्त समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे। 

दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकीकृत आन्दोलन गर्नुपर्ने बताए। दलित समुदायमाथि भेदभाव हुँदा त्यसको बचाउमा सिंगो राज्यशक्ति लागिपरेको दलित अभियान्ता नरबहादुर सुनारले आरोप लगाए। प्रदर्शनमा क्रममा आयोजित सभामा दलित नेता ओम प्रकाश विश्वकर्मा, जीवन परियारलगायतले बोल्दै जातीय भेदभावविरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए।

जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि देशैभर विरोध भएको छ। जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियान्ताहरुको आरोप छ।

प्रकाशित: Jun 28, 2021| 13:45 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।