काठमाडौं- नेपाल प्रहरीको जनपद समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। केही दिन अघि एक जना एआईजीको दरबन्दी थप्ने सरकारले निर्णय गरेको थियो। तर, यो निर्णय सरकारले सार्वजनिक नै नगरेर एकाएक बढुवा सिफारिस गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत थापाको केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्साल काठमाडौंमा सरुवा गरिएको थियो।