आइतबार, भदौ ७, २०८३

जलमग्न जनकपुर र जलेश्वर

एसियाली विकास बैंंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ। ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ। ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

जनकपुरधाम- सोमबार बिहान परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन्। वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन्। 

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न छन्। 

एसियाली विकास बैंंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ। ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ। ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ।

जलेश्वर पनि डुबानमा
वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका पनि विभिन्न स्थान डुबानमा परेका छन्। जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३÷४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ दिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन्।

विगत एक वर्षदेखि जलेश्वर नगरपालिकामा सामान्य वर्षा हुँदा पनि सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन्। गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित: Jun 28, 2021| 14:29 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।