आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा सुनको अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

कैलालीमा सुनको अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

कैलाली प्रहरीले १८० ग्राम ८८० मिलिग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

धनगढी- कैलाली प्रहरीले १८० ग्राम ८८० मिलिग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उप-महानगरपालिका-४ बसपार्कका ४२ वर्षीय सचिन सोव, डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने र धनगढी उप-महानगरपालिका वडा नम्बर ३  का ४० वर्षीय दिपेन्द्र विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। 

सचिन र सुरजलाई गोदावरी नगरपालिका–२ अत्तरिया वसपार्कबाट र विश्वकर्मालाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह, जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

‘प्रहरीको संयुक्त टोलीले सुरजलाई गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा फेला पारेर चेकजाँच गर्दा साथबाट १२० ग्राम सुन बरामद भयो’ प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले भने, ‘अनुसन्धान गर्दै जाँदा सचिनको कोठाबाट अवैध ६७ ग्राम ८८० मिलिग्राम सुन बरामद भयो। सचिनले दीपेन्द्रबाट सुन खरिद गरेको सूचनापछि पक्राउ गर्दा उनको साथबाट १० लाखको चेक फेला पर्‍यो।’

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको बिष्टले बताए।

प्रकाशित: Jun 28, 2021| 12:43 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।