काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका मतियारले नै खोप ल्याउन नदिएको आरोप लगाएका छन्। सोमबार बुद्धिजीवीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
खोपमा कमिसनको ठूलो चलखेल भएको सम्बन्धित मन्त्रीले नै स्वीकार गरिसकेको उनको भनाइ छ। केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका हृदयेश त्रिपाठीले खोपमा कमिसनको खेल भएको बताएका थिए।
'केही दिन अघि सम्बन्धित मन्त्री हृदयेश त्रिपाठीले नै खोप ल्याउने विषयमा कमिसनको खेल भएको भनिसकेका छन्। मन्त्रीले पनि किन्न नपाउने? कम्पनी-कम्पनीले पनि किन्न नपाउने। जीटुजीबाट पनि खोप किन्न नपाउने। बीचमा ओलीका मतियार आएर कमिसनको चलखेल गरेको कुरा सम्बन्धित मन्त्रीले भनिसकेका छन्,' पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने।