आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैधानिक सरकारले गरेका संवैधानिक नियुक्तिलाई कुनै हालतमा मानिँदैन : प्रचण्ड

अवैधानिक सरकारले गरेका संवैधानिक नियुक्तिलाई कुनै हालतमा मानिँदैन : प्रचण्ड

ओली सरकार नै अवैधानिक र भ्रष्ट भएकाले उसले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने उनको भनाइ छ। 'अवैधानिक सरकारले नाटकीय रूपमा गरिएका संवैधानिक नियुक्तिहरूलाई मानिँदैन, कुनै हालतमा मानिँदैन। मैले त न्याय क्षेत्रका साथीसँग पनि निरन्तर छलफल गरिरहेको छु। तिनलाई खारेज गर्ने उपायको खोजी गर्न भनिसकेको छु,' उनले भने। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सबै संवैधानिक नियुक्त खारेज गरिने बताएका छन्। सोमबार बुद्धिजीवीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। 

ओली सरकार नै अवैधानिक र भ्रष्ट भएकाले उसले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने उनको भनाइ छ। 'अवैधानिक सरकारले नाटकीय रूपमा गरिएका संवैधानिक नियुक्तिहरूलाई मानिँदैन, कुनै हालतमा मानिँदैन। मैले त न्याय क्षेत्रका साथीसँग पनि निरन्तर छलफल गरिरहेको छु। तिनलाई खारेज गर्ने उपायको खोजी गर्न भनिसकेको छु,' उनले भने। 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अवसरवादी भएको समेत आरोप लगाए। आफ्नो स्वार्थका लागि ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको खट्टा ढोग्न पनि तयार हुने टिप्पणी उनको छ। ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पनि पछि नपर्ने तर कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले बताए। 

'केपी ओली विचित्रको मान्छे हुनुदोरछ। उहाँले व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सम्झौतामा हस्ताक्षर गरिदिन सक्नुहुन्छ। यसको भुक्तभोगी त म भन्दा बढी माधवजी हुनुहुन्छ,' उनले भने, 'अहिले जरुरी पर्यो् भने माधव नेपालको खुट्टा ढोग्न पनि सक्छन् केपीले। मलाई थाहा छ त्यो कुरा। सबै सहमति गरिदिन पनि सक्छन्। तर पालना चै एउटा पनि गर्दैनन्,' उनले भने।  

प्रकाशित: Jun 28, 2021| 12:24 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।