आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली आफ्नो स्वार्थका लागि माधव नेपालको खुट्टा ढोग्न पनि तयार छन् : प्रचण्ड

ओली आफ्नो स्वार्थका लागि माधव नेपालको खुट्टा ढोग्न पनि तयार छन् : प्रचण्ड

ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पनि पछि नपर्ने तर कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले बताए।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओली माधवकुमार नेपालको खट्टा ढोग्न पनि तयार हुने टिप्पणी गरेका छन्। सोमबार बुद्धिजीवीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। 

ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पनि पछि नपर्ने तर कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले बताए।

'केपी ओली विचित्रको मान्छे रहेछन्। उनी व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सम्झौतामा पनि हस्ताक्षर गरिदिन सक्छन्। यसको भुक्तभोगी त मभन्दा बढी माधवजी हुनुहुन्छ,' उनले भने, 'अहिले जरुरी पर्‍याे भने माधव नेपालको खुट्टा ढोग्न पनि सक्छन् केपीले। मलाई थाहा छ त्यो कुरा। सबै सहमति गरिदिन पनि सक्छन्। तर पालना चाहिँ एउटा पनि गर्दैनन्,'  प्रचण्डले भने।  

प्रकाशित: Jun 28, 2021| 12:11 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।