आइतबार, भदौ ७, २०८३

ए डिभिजन लिग आउँदो असोजबाट हुने 

सहिद स्मारक ए डिभिजन लिग फुटबल आउँदो सेम्टेम्बर १९ (असोज ३) देखि हुने भएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल आउँदो सेम्टेम्बर १९ (असोज ३) देखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एक सूचना सार्वजनिक गर्दै लिगको शीर्ष डिभिजनको प्रतियोगिता आयोजनाबारे जानकारी गराएको हो। 

मिति निर्धारणका लागि एन्फाले सातदोबाटोमा ए डिभिजनका १४ क्लबका प्रतिनिधिसँग कुरा गरेको थियो। सोही कुराकानीबाट प्रतियोगिताको मिति तोकिएको हो। 

त्यस्तै यो बैठकले खेलाडीको रजिस्ट्रेशन जुलाई ३० बाट सुरु गर्ने बताएको छ। कोभिड १९ को महामारीका कारण गएको वर्ष ए डिभिजन लिग हुन सकेको थिएन। तर अहिले कोभिडको केस कम हुँदै गएपछि र सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि एन्फाले लिगबारे छलफल सुरु गरेको हो।

प्रकाशित: Jun 28, 2021| 12:11 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।