आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्पणीलाई दयनीय भनेका छन्। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्पणीलाई दयनीय भनेका छन्। 

प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा नेपालमाथि अनेक लाञ्छना लगाएपछि कांग्रेस प्रवक्ताको ट्विट आएको हो। ओलीले नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाबारे पनि टिप्पणी गरेका थिए।  

‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय?’ शर्माले भनेका छन्। 

शर्माले प्रम ओलीलाई प्रश्न गरेका छन्– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

प्रकाशित: Jun 28, 2021| 11:03 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।