आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रादेशिक अस्पताल सुधारबारे अध्ययन गर्न गठित समितले अझै तयार पारेन प्रतिवेदन

प्रादेशिक अस्पताल सुधारबारे अध्ययन गर्न गठित समितले अझै तयार पारेन प्रतिवेदन

४ दिन दिनभित्र प्रतिवेदन बुझाउन समय पाएको सो समितिले अझैसम्म प्रतिवेदन तयार पार्न सकेको छैन। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधामको सेवा सुविधाको विषयमा जनगुनासो बढ्न थालेपछि गत जेठ १५ गते प्रदेश सरकारले ३ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको थियो।

प्रदेश २ मा कोरोना संक्रमणको लहर तीव्र रुपमा फैलिरहेको समयमा संक्रमितले उचित उपचार पाउन नसकेको, बिरामीसँग रुखो व्यवहार गरिएकोलगायतका जनगुनासो आउन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठक बोलाएर सो उच्चस्तरीय समितिको गठन गरेका थिए।

४ दिन दिनभित्र प्रतिवेदन बुझाउन समय पाएको सो समितिले अझैसम्म प्रतिवेदन तयार पार्न सकेको छैन। 

समितिका सदस्य रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले समितिमा रहेका सबै सदस्यको व्यस्तताका कारण अझैसम्म छलफलसम्म अगाडि बढाउन नसकिएको बताए। उनले समय मिलाएर चाँडै नै छलफलका साथै अनुगमनको कार्य अगाडि बढाइने जानकारी दिए।

प्रदेश सरकारले चिकित्सकहरुले तयार पार्ने प्रतिवेदनमा दिइएको सुझावहरुलाई संकलन गरेर अस्पतालको समग्र सुधारको भावी कार्ययोजना सम्बन्धि प्रतिवेदन तयार गरेर प्रादेशिक अस्पतालको सुधारको क्षेत्रमा काम गर्ने योजना थियो। तर प्रतिवेदन बुझाउन नसकिएकाले अझैसम्म प्रादेशिक अस्पताल सुधारका लागि कुनै योजना तयार पार्न सकेको छैन।

प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा समाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य छन्।

४ दिन समय पाएको समितिले अस्पतालको उपचार सेवा, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनु पर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।

प्रकाशित: Jun 28, 2021| 10:45 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।