आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीको दायित्व हो : महान्यायाधिवक्ता बडाल

प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीको दायित्व हो : महान्यायाधिवक्ता बडाल

'नयाँ सरकार बन्न नसक्ने भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु भएको हो। यो उहाँको दायित्व पनि हो,' ओली सरकारको बचाउ गर्दै महान्यायाधिवक्ता बडालले भने। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व भएको बताएका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा सोमबार सरकारको प्रतिरक्षा बहस गर्दै महान्यायाधिवक्ता बडालले यस्तो जिकिर गरेका हुन्। 

'नयाँ सरकार बन्न नसक्ने भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु भएको हो। यो उहाँको दायित्व पनि हो,' ओली सरकारको बचाउ गर्दै महान्यायाधिवक्ता बडालले भने। 

संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गतको सरकार प्रतिनिधि सभा विघटन गर्न नपाउने भए त प्रधानमन्त्री केपी शर्मा ओली सदाबहार प्रधानमन्त्री बन्ने उनको जिकिर छ। 'संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेकव सरकारले प्रतिनिधि सभा विगटन गर्न पाउँदैन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीको दावी अस्वीकार भएपछि कसले विघटन गर्ने त? विद्वान् मित्रहरूको अनूसार त ३ को प्रधानमन्त्रीले नपाउने हो भने त ओली त सदाबहार प्रधानमन्त्री हुनुभयो नि त। त्यसैले यो विगठन बाध्यकारी हो। बाध्यता हो,' बडालले भने। 
 

प्रकाशित: Jun 28, 2021| 10:32 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।