आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको प्रश्न– सांसदको हस्ताक्षर दुरुपयोगबारे अरूले प्रश्न गर्न मिल्छ र?

प्रधानन्यायाधीशको प्रश्न– सांसदको हस्ताक्षर दुरुपयोगबारे अरूले प्रश्न गर्न मिल्छ र?

‘को सांसदले केका लागि हस्ताक्षर गर्नुभएको थियो, सदुपयोग भयो कि दुरुपयोग भन्ने विषयमा त उहाँहरु नै बोल्नुपर्ने होला नि? अरुले भनिदिने विषय हो र?’
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सांसदको हस्ताक्षर दुरुपयोगबारे अरूले प्रश्न गर्न नमिल्ने बताएका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा परेको रिटमा सोमबार संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएपछि प्रधानन्यायाधीश जबराले भने, ‘को सांसदले केका लागि हस्ताक्षर गर्नुभएको थियो, सदुपयोग भयो कि दुरुपयोग भन्ने विषयमा त उहाँहरु नै बोल्नुपर्ने होला नि? अरुले भनिदिने विषय हो र?’

महान्यायाधिवक्ता रमेश बडाल केही सांसदको नामै किटान गरेर हस्ताक्षर दुरुपयोग भएको बहसका क्रममा बताएका थिए।किर्ते गरेर देउवाले दाबी पेस गरे पनि पूर्वप्रधानमन्त्रीहरुको इज्जतका लागि राष्ट्रपतिले यो कुरा बाहिर नल्याएको उनको भनाइ थियो।

‘राष्ट्रपतिज्यूले त पूर्वप्रधानमन्त्री ज्यूहरुको इज्जत जोगाइदिनुभएको थियो। तर अदालत आएर उहाँहरुले नै उदांगो बनाउनुभयो’, बडालले भनेका थिए, ‘प्रधानमन्त्री नियुक्त गर्ने बेलामा कस्ता कागजात पेस गरियो भन्ने हेर्नुपर्छ। राष्ट्रपतिले त्यही हेरेर निर्णय गर्नुभएको हो।’

प्रकाशित: Jun 28, 2021| 09:55 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।