आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड खोप लगाएर विदेशबाट आउने यात्रु सिधै घर जान पाउने

कोभिड खोप लगाएर विदेशबाट आउने यात्रु सिधै घर जान पाउने

सरकारले विदेशबाट आउने यात्रुहरुका लागि स्वास्थ्य मापदण्ड जारी गरेको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– सरकारले विदेशबाट आउने यात्रुहरुका लागि स्वास्थ्य मापदण्ड जारी गरेको छ। ‘नेपाल आगमन हुने व्यवस्थासम्बन्धी आदेश २०७८ जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड केही खुकुलो बनाएको हो। 

नयाँ आदेशअनुसार कोभिडको खोप पूरा डोज लगाएर आएका  यात्रु सेल्फ क्वारेन्टिनमा बस्नेगरी सिधै घर जान पाउनेछन्। त्यसैगरी कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने यात्रु पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरी सिधै घर जान पाउनेछन्।

आदेशअनुसार स्थलमार्गबाट नेपाली नागरिकबाहेक अन्यले प्रवेश पाउनेछैनन्। साथै नेपाल प्रवेशका लागि १३ वटा नाकाहरु तोकिएको छ। 


 

प्रकाशित: Jun 28, 2021| 09:44 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।