आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्रीको इज्जत राष्ट्रपतिले जोगाइदिएको हो : महान्यायाधिवक्ता बडाल

पूर्वप्रधानमन्त्रीको इज्जत राष्ट्रपतिले जोगाइदिएको हो : महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेको तर्क गरेका छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेको तर्क गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनम्बन्धी रिटमा बहस गर्दै उनले रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेको बताएका हुन्।

सोमबार सरकार पक्षको बहसका क्रममा बोल्दै बडालले कुनै कारण र प्रमाण बिना राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीमाथि आक्षेप लगाइएको बताए। ‘बिना प्रमाण राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत काम गरे, दुवैको मिलिभगतमा संविधान मिच्ने काम भयो भनियो। वैधानिकता परीक्षण नगरी राष्ट्रपति र प्रधानमन्त्रीलाई आक्षेप लगाउन पाइँदैन,’ बडालले भने।

राष्ट्रपतिले पूर्व प्रधानमन्त्रीहरुको इज्जत जोगाइदिएको तर्क पनि बडालले गरे। प्रधानमन्त्री नियुक्तका लागि केकस्ता प्रमाण पेश गरियो, त्यो सबै हेर्नुपर्ने उनको जिकिर छ। बडालले राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर तर्कबितर्क गर्नु निकै दुखद भएको बताए।

‘एउटै दलका सांसद दुईतिर लाग्न पाइँदैन। कोको हो त्यसो गर्ने, त्यो त राष्ट्रपतिले नै हेर्ने होला नि। दुइटामध्ये एउटालाई त नियुक्त गर्नुपर्ला नि?’ उनले भने। प्रधानमन्त्री नियुक्त गर्ने–नगर्ने अधिकार राष्ट्रपतिकै भएको उनको जिकिर छ। राष्ट्रपति संविधानभन्दा माथि नहुने बताउँदै बडालले राष्ट्रपतिलाई पनि संविधानले नै जन्माएको बताए।

म स्वतन्त्र सांसद हुने कुरा पार्टी एकतासँग जोडिएको छैन बेदुराम भुसाल अन्तर्वार्ता
 

प्रकाशित: Jun 28, 2021| 09:42 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।