आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाली–फटाहा टिपेर अलोकतान्त्रिक बाटोबाट देउवा प्रधानमन्त्री बन्न खोजे : ओली

जाली–फटाहा टिपेर अलोकतान्त्रिक बाटोबाट देउवा प्रधानमन्त्री बन्न खोजे : ओली

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको टिप्पणी गरेका छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको टिप्पणी गरेका छन्।

मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘केही राजनीतिक पार्टीका नेताहरुको कुण्ठा र हतारोले राजनीतिलाई अप्ठ्यारो रुपले अघि बढाइरहेको छ,’ उनले भने, ‘जनतामा जाने भन्ने कुरालाई असंवैधानिक र कू भनिएको छ।’

उनले जनतामा गएर नयाँ जनादेश वा संसदबाट प्रधानमन्त्री बन्नुको साटो कृत्रिम र लोकतान्त्रिक बाटो अपनाएर देउवा प्रधानमन्त्री हुन खोेजेको बताए।

‘राष्ट्रका समस्या समाधान गर्न सबै एकजुट हुुनुपर्ने ठाउँमा संसद् पंगु बनाउने जनतामा जान नदिने काम भयो,’ उनले भने, ‘अदालतमा मलाई प्रधानमन्त्री बनाइपाउँ भन्ने निवेदन दिइएको छ।’

अदालतबाट मुद्दा लडेर सरकार ल्याउने अदालतबाट प्रधानमन्त्री छान्ने कुरा संसारमा कहीँ नभएको भन्दै स्वतन्त्र न्यायालयको फैसला आफ्नो पक्षमा पार्न दवावका लागि आन्दोलन गर्न खोजिएको बताए ।

‘कोभिडको बेला निषेध आदेश तोडेर कांग्रेसको नेतृत्वमा आन्दोलन गर्न खोजिँदैछ,’उनले भने,‘उहाँहरुको आन्दोलन रोक्नका लागि निषेध आदेश जारी भएको र कोभिड नियन्त्रण र रोकथामका लागि भएको हो नि।’

संसद भवनलाई संसदीय क्रियाकलाप बाहेक अन्य काममा प्रयोग गर्न दिइएको भन्दै प्रधानमन्त्री ओलीले कडा आलोचना गरे। ‘प्रचण्डका कार्यकर्ता सभामुख हुनेबितिक्कै उनले जे भन्यो त्यही हुने हो त,’नितान्त संसदका कार्यक्रम गरिने ठाउँलाई अहिले अनेक काममा प्रयोग गर्न खोजिएको छ ।

प्रकाशित: Jun 28, 2021| 08:35 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।