आइतबार, भदौ ७, २०८३

नेपालमै उत्पादित रेम्डिसिभिरलाई बिक्रीको अनुमति

नेशनल हेल्थ केयरले नेपालमा नै रेम्डिसिभिर औषधिको उत्पादन तथा बिक्रीका लागि अनुमति पाएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– नेशनल हेल्थ केयरले नेपालमा नै रेम्डिसिभिर औषधिको उत्पादन तथा बिक्रीका लागि अनुमति पाएको छ।

गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति पाएको कम्पनीले आइतबारदेखि बजारमा बिक्रीको अनुमति पनि पाएको हो। वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरले रेम्डिसिभिर औषधिको उत्पादन सुरु गरिसकेको छ।

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने भनिएको रेम्डिसिभिर औषधिको खुद्रा मूल्य कम्पनीले प्रतिभाइल ३ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि भारत तथा बंगलादेशबाट आयात गरिएको रेम्डिसिभिर नेपालमा उत्पादन भएसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। नेशनल हेल्थ केयरद्धारा उत्पादित रेम्डिसिभिरको नाम ‘रेमसिभिर’ रहेको छ। 
 

प्रकाशित: Jun 28, 2021| 08:12 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।