आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाललाई ओलीको आक्षेप– अराजक, अनुशासनहीन र इमान नभएको

माधव नेपाललाई ओलीको आक्षेप– अराजक, अनुशासनहीन र इमान नभएको

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मानिस भन्दै कडा टिप्पणी गरेका छन्। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मानिस भन्दै कडा टिप्पणी गरेका छन्। 

मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अनुशानहीन अराजक काम गर्ने। जुन आदर्शका लागि ढाँटेर भोट लिएर आए, त्यसैलाई तिलाञ्जली दिएर धन्दा गरिरहेका छन्।’ 

नेपालले नयाँ राजनीति सुरु गरेर नयाँ विचार सुरु गरेको भए राजीनामा दिनुपर्ने बताए। नेपालले प्रचण्डका पछि कुद्ने काम गरिरहेको भन्दै उनले प्रचण्डलाई देश बनाउने कुनै चिन्ता नरहेको बताए।

प्रकाशित: Jun 28, 2021| 08:07 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।