आइतबार, भदौ ७, २०८३

सबैखाले पसल अब सातै दिन खोल्न पाइने

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश भोलि मंगलबारदेखि थप खुकुलो हुने भएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश भोलि मंगलबारदेखि थप खुकुलो हुने भएको छ।

२१ असारसम्म थपिएको निषेध आदेशमा पसलहरु दैनिक खोल्न पाइने भएको छ। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसलहरु सातै दिन खुल्नेछन्।

यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।

होटेल, रेष्टुरेन्टहरुले भने टेक अवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्।

प्रकाशित: Jun 28, 2021| 07:40 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।