आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक सवारीसाधन पूर्ण क्षमतामा चलाउन दिइने, निषेध आदेश भने थपियो

सार्वजनिक सवारीसाधन पूर्ण क्षमतामा चलाउन दिइने, निषेध आदेश भने थपियो

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश खुकुलो बनाउँदै भोलि मंगलबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय स्थानीय प्रशासनले गरेका छन्। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश थप खुकुलो बनाउँदै भोलि मंगलबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय स्थानीय प्रशासनले गरेका छन्। 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो।

‘सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा मोडालिटी बनाउन बाँकी छ। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पूर्ण सिट क्षमतामा जोरबिजोर नम्बरका आधार सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।

बैठकले जारी निषेध आदेश एक साता थप्ने पनि निर्णय गरेको छ। हाल जारी निषेध आदेश सोमबार राति १२ बजेबाट सकिँदै छ।

प्रकाशित: Jun 28, 2021| 06:14 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।