आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको चेतावनी- भुसाल स्वतन्त्र सांसद हुन सक्दैनन्, उनको पद नै चैट हुन्छ

एमालेको चेतावनी- भुसाल स्वतन्त्र सांसद हुन सक्दैनन्, उनको पद नै चैट हुन्छ

नेकपा एमालेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसाल स्वतन्त्र सांसद हुन नसक्ने भन्दै उनको सांसद पद नै नरहने प्रतिक्रिया दिएका छन्। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- नेकपा एमालेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसाल स्वतन्त्र सांसद हुन नसक्ने भन्दै उनको सांसद पद नै नरहने प्रतिक्रिया दिएका छन्। 

राष्ट्रिय सभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद सचिवालयमा निवेदन दिएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। ‘बेदुराम भुसाल स्वतन्त्र सांसद,पार्टी र आन्दोलनमाथि गद्धारी,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिँदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएको भन्दै उनले पत्रसँगै नेकपा एमाले परित्याग गरेको उल्लेख गरेका छन्। 

‘पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भइरहन सम्भव हुँदैन,’ भट्टराईले भनेका छन्,‘किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ।’

त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्ने भन्दै उनले त्यो भन्दा पृथक स्वतन्त्र सांसद  हुन नसक्ने जिकिर गरेका छन्। 

‘सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरूको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ,’उनले भनेका छन्।

कमरेड माधवकुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आएको भन्दै भट्टराईले अब उहाँ के भन्नु हुन्छ? उहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त? भन्दै प्रश्न गरेका छन्।

केहीदिनमा बस्न लागेको राष्ट्रिय सभाको अधिवेशन अगाडि आइतबार सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका हुन्। नेकपा एमाले भित्र देखिएको विवादको बेला उनले आफूले पार्टी एकताको पक्षमा रहेर निर्णय गरेको नेपाल समयलाई प्रतिक्रिया दिएका थिए।

प्रकाशित: Jun 28, 2021| 04:12 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।