आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश थप खुकुलो बनाइँदै, मंगलबारदेखि सार्वजनिक यातायात पनि खुल्ने

निषेध आदेश थप खुकुलो बनाइँदै, मंगलबारदेखि सार्वजनिक यातायात पनि खुल्ने

काठमाडौं उपत्यकामा पर्सि मंगलबारबाट जोरबिजोर नम्बरका आधारमा सार्वजनिक यातायात चल्न दिइने तयारी भएको छ । 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडाैं- काठमाडौं उपत्यकामा पर्सि मंगलबारबाट जोरबिजोर नम्बरका आधारमा सार्वजनिक यातायात चल्न दिइने तयारी भएको छ । 

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा मंगलबारबाट सार्वजनिक यातायात पनि खोल्ने विषयमा सहमति जुटेको हो।

कस्तो मोडालिटीमा सार्वजनिक सवारी खोल्ने भन्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार भोलि सोमबार निर्णयहरु सार्वजनिक हुनेछन्।

गएको वैशाख १६ देखि जारी निषेध आदेश खुकुलो बनाउँदै अहिले जोरबिजोर नम्बरका आधारमा निजी सवारीसाधन र ट्याक्सी चलाउन दिइएको छ।

प्रकाशित: Jun 27, 2021| 11:45 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।