आइतबार, भदौ ७, २०८३

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप दिइने

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ। 

स्वास्थ्य सेवा विभागका अनुसार ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका ३ लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाईदैछ। गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो। 

यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइने छ। नेपालमा अहिलेसम्म ७ लाख ३१ हजार जनाले कोरोनाविरुद्धको दोस्रो डोज लगाएका छन्। पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाउनेको संख्या झण्डै १४ लाखको हाराहारीमा रहेको मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित: Jun 27, 2021| 10:37 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।