आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु काममा फर्किए

आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु काममा फर्किए

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राविधिकरणका प्राविधिकहरुले राजीनामा फिर्ता लिएका छन्।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राविधिकरणका प्राविधिकहरुले राजीनामा फिर्ता लिएका छन्।

आइतबार प्राधिकरण र आन्दोलनरत प्राविधिकबीच भएको सात बुदे सहमतिपछि उनीहरुले आफ्नो राजीनामा फिर्ता लिई नियमित काममा फर्किएका हुन्।

आइतबार भएको सहमतिअनुसार जिल्ला इन्जिनियर राजा शाहको कामको क्रममा नै मृत्यु भएकोले उनको परिवारलाई बीमाको रकम उपलब्ध गराउन पहल गर्ने, साथै प्राधिकरणअन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु सामाजिक परिचालकहरु, डकर्मीसमेतको कार्य अनुभवसहितको विवरणको रोस्टर तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने सहमति भएको छ। 

त्यस्तै बनाएको रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने, नियमअनुसार प्राविधिकले पाउनुपर्ने सञ्चार, यातायात खर्च र स्थानीय भत्ता उपलव्ध गराउनुपर्ने र प्राधिकरणअन्तर्गत रही कार्य गरेका प्राविधिहरुलाई आगामी दिनमा तालिमको व्यवस्था गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई ग्राहयता दिन पहल गर्ने, त्यस्तै प्राधिकरणमा काम गरेका कामदारहरुको व्यवस्थापनका लागि पहल गर्ने सहमति पनि भएको छ। 

सो सहमतिपछि प्राविधिकहरुले सबै आन्दोलन टुंग्याएर नियमित काममा फर्किने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्राविधिकले पाउने असार महिनाको सेवा सुविधा उपलब्ध गराइने छ।

प्रकाशित: Jun 27, 2021| 10:10 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।