आइतबार, भदौ ७, २०८३

बालसुधार गृहबाट फरार तीनै जना पक्राउ  

बालसुधार गृह विराटनगरबाट हामफालेर भागेका तीनै जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

विराटनगर- बालसुधार गृह विराटनगरबाट हामफालेर भागेका तीनै जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार भएका चार जनामध्ये तीन जना आज (आइतबार) बिहान पक्राउ परेका हुन्। एक जना भने भाग्दै गरेको अवस्थामा शनिबार बिहानै पक्राउ परेका थिए। मोरङ प्रहरीका अनुसार तीन जनालाई भने बिहान सवा ९ बजेतिर नोबेल शिक्षण अस्पताल विराटनगर नजिकको चिया पसलबाट पक्राउ गरिएको हो। 

उनीहरु शनिबार बिहान २:५५ बजेतिर सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेका थिए। भागेका चार जनामध्ये संखुवासभा, उदयपुर र झापा घर भएका अरु तीन जना सम्पर्कविहीन बनेका थिए। बालविज्याइँकर्ता फरार बनेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विशेष टोलीले व्यापक रूपमा खोजी गरिरहेको थियो। 

आइतबार बिहान पक्राउ परेका दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका बालविज्याइँकर्ता हुन्। अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो। 

बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार पाँच वर्ष कैद सुनाइएका बालविज्याइँकर्ता सजाय भुक्तान गरिसकेर २०७९ सालमा छुट्दै थिए। एक जनालाई भने विष्फोटक पदार्थसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको उनको भनाइ छ। 

हाम फालेर भाग्ने क्रममा उनीहरुको हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङले बताए।

प्रकाशित: Jun 27, 2021| 09:16 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।