आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा सवारीसाधन चोर्ने चार जना पक्राउ, किन्ने पनि समातिए

भक्तपुरमा सवारीसाधन चोर्ने चार जना पक्राउ, किन्ने पनि समातिए

मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

भक्तपुर– मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सवारीसाधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर नगरपालिका– २ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका–२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका–८ लिवाली घर भएका २० वर्षीय साईन भन्ने रमेश कोजु रहेका छन्। 

यसैगरी चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१०
पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बिकको भे ७ प ४४१३ नम्बरको मोटरसाईकल गत जेठ ३० गते हराएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी बा ७१ प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका–१५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपश्चात स्कुटर खरिद गर्ने २ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: Jun 27, 2021| 08:47 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।