आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युरोडमा आठ वर्षीया बालिका बलात्कृत, धादिङका सूर्य तामाङ पक्राउ 

न्युरोडमा आठ वर्षीया बालिका बलात्कृत, धादिङका सूर्य तामाङ पक्राउ 

न्युरोडमा आठ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। पार्किङ गरेर राखेको गाडीको आडमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं– न्युरोडमा आठ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। पार्किङ गरेर राखेको गाडीको आडमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

घटना शनिबारको हो। काठमाडौं महानगरपालिका–२३ जुद्धशालिक धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा पार्किङ गरेर राखेको गाडीको आडमा शनिबार बालिका बलात्कृत भएको पाइएको छ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ। तामाङविरुद्ध जबरजस्ती करणीको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको वृत्त जनसेवाले जानकारी दिएको छ।
 

प्रकाशित: Jun 27, 2021| 08:42 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।