आइतबार, भदौ ७, २०८३

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटी बैठक

नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो।

बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

‘पछिल्लो राजनीतिक स्थिति, कोभिड–१९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको छ,’ उनले भने, ‘थप निर्णय महाधिवेशन आयोजक कमिटीको बैठक बसेर निर्णय गर्छौं।’

प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको  फैसला त्रुटिपूर्ण भएको बताए। 

पार्टी एकताका विषयमा नेतृत्वको तर्फबाट प्रयास जारी रहेको भन्दै छलफल र संवाद जारी रहेको बताए।

प्रकाशित: Jun 27, 2021| 05:31 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।