आइतबार, भदौ ७, २०८३

पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन्।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

पोखरा- कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन्।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै जारी निषेध आदेशका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेध आदेश केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ। निषेध आदेशका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए। 

जिल्लाका अन्य कार्यालयले समेत सेवा सुरु गरेका छन्। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा सुरु गर्ने भएका छन्। केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ।

जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। रासस

प्रकाशित: Jun 27, 2021| 04:36 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।