आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले अवरुद्ध हेटौंडा-कुलेखानी-काठमाडौं सडक खुल्यो

पहिरोले अवरुद्ध हेटौंडा-कुलेखानी-काठमाडौं सडक खुल्यो

पहिरोका कारण अवरुद्ध भएको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- पहिरोका कारण अवरुद्ध भएको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै फाखेल-फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले शनिबारदेखि बिहानदेखि सडक अवरुद्ध भएको थियो। 

यस्तै, हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय  भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। 

भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चा र जुरिखेतमा झरेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको बताए। श्रेष्ठको अनुसार एकतर्फी सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम अत्याधिक रहेको छ

प्रकाशित: Jun 27, 2021| 04:28 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।