आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युतीय तारमा कपडा सुकाउँदा करेन्ट लागेर गर्भवतीको मृत्यु

विद्युतीय तारमा कपडा सुकाउँदा करेन्ट लागेर गर्भवतीको मृत्यु

जाजरकोटमा करेन्ट लागेर एक गर्भवतीको मृत्यु भएको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

सुर्खेत- जाजरकोटमा करेन्ट लागेर एक गर्भवतीको मृत्यु भएको छ। विद्युतीय तारमा कपडा सुकाउन खोज्दा नलगाड नगरपालिका–१०, रग्दाकी २३ वर्षीया रमिता धारको मृत्यु भएको हो। 

शनिबार करेन्ट लागेको उनको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। करेन्ट लागेर घाइते भएकी उनलाई स्थानीयले रुकुमपश्चिमको आठबीसकोट नगर अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए। तर, उपचारकै क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको थियो।   

विद्युत्को तारमा करेन्ट हुन्छ भन्ने थाहा नपाएका कारण उनी तारमा कपडा सुकाउन पुगेकी थिइन्।

करेन्ट लागेर कराएपछि उनलाई बचाउन पुगेका २५ वर्षीया प्रमिला ध्यार र ६५ वर्षीया बेलु ध्यार घाइते भएका थिए। उनीहरू नगर अस्पतालमा उपचारपछि आइतबार बिहान मात्रै डिस्चार्ज भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

प्रकाशित: Jun 27, 2021| 03:37 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।