काठमाडौं- नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।
पार्टीको १४औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बदाधिकारी बैठक डाकिएको हो।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताए। पार्टी क्रियाशील सदस्यता विवाद बढेसँगै नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको उनको भनाइ छ।
क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न कांग्रेस पदाधिकारी तहमा छलफल हुन लागेको हो। क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा विवाद छ।