काठमाडौं– काठमाडौं उपत्यकाको निषेध आदेश थप एक साता लम्ब्याइने भएको छ। कोरोना भाइरस संक्रमको जोखिम नघटेको भन्दै उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरूले एक साता निषेध आदेश लम्ब्याउने तयारी गरेका हुन्।
गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेध आदेश जारी छ। पछिल्लो पटक थपिएको निषेध आदेशको अवधि सोमबार राति १२ बजेदेखि सकिँदैछ।
निषेध आदेश थप गर्ने विषयमा काठमाडौं, ललितपुर र भत्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आइतबार छलफल हुँदैछ। अब थपिने निषेध आदेशलाई थप खुकुलो बनाइने बताइएको छ।
अहिले उपत्यकामा नीजि सवारीलाई जोर–बिजोर नियम लागू गरिएको छ। यस्तै बार अनुसार पसल खोल्न दिइएको छ। उपत्यकामा राइडर सेवा पनि सुचारु गरिएको छ।