आइतबार, भदौ ७, २०८३

बाल सुधारगृहको ३ तला माथिबाट हाम्फालेर ३ जना फरार

'शनिबार बिहान राति अन्दाजी तीन बजेतिर एकैपटक चार जना सुधारगृहको तीन तला माथिबाट हामफालेर भाग्दै गरेको देखियो। भागेकामध्ये दुई जना जबर्जस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन्,' चौहानले भने, 'अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।'
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

विराटनगर- बालसुधार गृहबाट ३ जना फरार भएका छन्। तीन तलामाथिबाट हामफालेर एकैपटक १९ वर्षसम्मका चार जना भाग्ने प्रयास गरेकामध्ये एक जनालाई भने प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। शनिबार बिहान राती अन्दाजी ३ बजेतिर उनीहरू भागेको सुधार गृहले जानकारी दिएको छ।

भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका स्थायी बासिन्दा हुन्। उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ। 

भागेका तीन जना भने शनिबार साँझसम्म पनि फेला नपरेको सुधारगृह प्रमुख मिलन चौहानले जानकारी दिए। सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना फरार बनेका हुन्। 

'शनिबार बिहान राति अन्दाजी तीन बजेतिर एकैपटक चार जना सुधारगृहको तीन तला माथिबाट हामफालेर भाग्दै गरेको देखियो। भागेकामध्ये दुई जना जबर्जस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन्,' चौहानले भने, 'अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।'

भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानले बताए। उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उपचारका लागि आइसोलेसन भर्ना गरिएको थियो। गृहका प्रमुख चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा गृहको कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै उनीहरू भागेको उनको भनाइ छ।

प्रदेश १ मा बालविज्याइँ र कानुनी द्वन्द्वमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ। तर अहिले गृहमा झन्डै चार गुणा बढी (१९५ जना)लाई राखिएको छ। चौहानका अनुसार ९ वटा कोठा र एउटा हल रहेको गृहमा एउटा कोठाभित्र २५ जनासम्मलाई राख्नु परिरहेको छ। 
 

प्रकाशित: Jun 26, 2021| 13:59 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।