आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा ओलीविरुद्ध प्रदर्शन, ओली समूहद्वारा प्रतिकारको प्रयास

जनकपुरमा ओलीविरुद्ध प्रदर्शन, ओली समूहद्वारा प्रतिकारको प्रयास

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ५ दलीय गठबन्धनको विद्यार्थी संगठनले संयुक्त रुपमा जनकपुरधाममा प्रदर्शन गरेको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ५ दलीय गठबन्धनको विद्यार्थी संगठनले संयुक्त रुपमा जनकपुरधाममा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीको प्रतिगामनकारी कदमविरुद्ध विपक्षी ५ दलिय गठबन्धनको विद्यार्थी संगठनहरुले संयुक्तरुपमा शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन्।

जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको संयुक्त विद्यार्थी संगठनको अगुवाईमा नगर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडा नाराबाजी विद्यार्थीहरुले गरेका थिए।

प्रदर्शनको क्रममा नेकपा एमाले ओली समूहको राष्ट्रिय यूवा संघ धनुषाले प्रतिकारको प्रयास गरेका थिए। तर संयुक्त विद्यार्थी संगठनको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाका बीच प्रदर्शनको क्रममा समान्य झडप भए पनि अप्रिय घटना हुनबाट जोगिएको छ।

संयुक्त विद्यार्थीहरुले जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो।

समापनको क्रममा ओली समूहका युवाहरु विद्यार्थीमाथि पटकपटक जाइलाग्ने प्रयास गरेका थिए भने एकपटक समान्य झडप पनि भएको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनिष यादवले जानकारी दिए।

संयुक्त विद्यार्थी संगठनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका विद्यार्थी संगठनहरुले नगरमा प्रदर्शन गरेको थियो।

प्रकाशित: Jun 26, 2021| 13:51 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।