आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २ किमीको फरकमा एकै ट्याकंरले २ मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

२ किमीको फरकमा एकै ट्याकंरले २ मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

राजविराज- द्रूत गतिको एक ट्यांकरले सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ७ ख ५४९५ नम्बरको ट्यांकरले सितापुर चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्। यसैगरी सुमैयाकी परिवारकी सदस्य नविया प्रवीण घाइते भएकी छिन्।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ। मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारबाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्।

प्रकाशित: Jun 26, 2021| 13:31 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।