आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आरजुको पहलमा गर्भवती तथा सुत्केरीलाई खाद्य सामग्री वितरण 

आरजुको पहलमा गर्भवती तथा सुत्केरीलाई खाद्य सामग्री वितरण 

कैलालीका अतिविपन्न परिवारका गर्भवती तथा सुत्केरीलाई खाद्य सामाग्री वितरण अभियान सुरु गरिएको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

धनगढी- कैलालीका अतिविपन्न परिवारका गर्भवती तथा सुत्केरीलाई खाद्य सामाग्री वितरण अभियान सुरु गरिएको छ।

नेपाली कांग्रेसकी नेतृ सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष समेत रहेकी डा. आरजु राणा देउवाको पहलमा अभियान सुरु भएको हो। 

अभियानअन्तर्गत धनगढी उप-महानगरपालिकाको १९ वडा र कैलारी गाउँपालिकाका दुई वडाका २७५ गर्भवती तथा सुत्केरी अति विपन्न महिलालाई खाद्य सामाग्री वितरण गरिएको छ। 

अभियानअन्तर्गत ६०० जनालाई खाद्य सामाग्री वितरण गर्ने लक्ष्य रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका अध्यक्ष तपेन्द्र भुसालले बताए। शनिबारसम्म धनगढी उप-महानगरपालिकाको वडा नम्बर १, ५, ६, ११, १४, १६, १८, १९ र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ का २७५ जनालाई खाद्य सामग्री बितरण गरिएको अध्यक्ष भुसालले बताए। 

उनले प्रत्येक महिलालाई चामल २५ किलो, सोयाबिन २ पोका, मास्क १० पिस, आलु ५ किलो, दाल २ किलो, चना १ किलो, अण्डा एक क्रेट, साबुन २ पिस, चिनी र नुन एक÷एक किलो तथा तेल एक पोकाका दरले वितरण गरेको बताए।  ‘पहिलो चरणमा २१ वडामा वितरण गरेका छौं उनले भने, ‘अभियान निरन्तर जारी रहन्छ।’

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका कोषाध्यक्ष डण्डीराज सुवेदीले कोभिड-१९ दोस्रो लहरमा अक्सिजन र स्वास्थ्य सामाग्रीको अभावमा अकालमा कसैको ज्यान नजाओस् भनेर कैलाली क्षेत्र नम्बर ६ का सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्टेटर र स्वास्थ्य सामाग्री बितरण गरेको बताए। धनगढी उप-महानगरपालिकाले सञ्चालन गरेको अक्सिजन प्लान्ट निर्माण अभियानमा डा. आरजु राणा देउवाले १० लाख रुपैयाँ नगद सहयोग गरेको उनले बताए।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष विनय लामाले डा. राणाको निर्देशनमा कैलालीमा सञ्चालन गरेको एक महिने रक्तदान अभियानअन्तर्गत ३५० प्रिन्ट रगत संकलन भएको बताए।

प्रकाशित: Jun 26, 2021| 13:31 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।