आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस १४औँ महाधिवेशन : खुल्लामै प्रतिस्पर्धा गर्ने महिला नेतृहरुको तयारी 

कांग्रेस १४औँ महाधिवेशन : खुल्लामै प्रतिस्पर्धा गर्ने महिला नेतृहरुको तयारी 

नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टीको आगामी १४औँ महाधिवेशनमा खुल्ला पदमै उम्मेदारी दिने निष्कर्ष निकालेका छन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टीको आगामी १४औँ महाधिवेशनमा खुल्ला पदमै उम्मेदारी दिने निष्कर्ष निकालेका छन्।

महाधिवेशनका सन्दर्भमा पार्टी केन्द्रीय महिला विभाग र नेपाल महिला संघ केन्द्रीय कार्य समितिबीच भएको छलफलमा आरक्षणमार्फत् केही पद संख्याको सुनिश्चतता भए पनि नेतृत्व तहका लागि पर्याप्त नभएकाले खुल्ला तर्फबाटै उम्मेदार बन्नुपर्ने निष्कर्ष निकालिएको हो।

अन्य दलको तुलनामा पार्टीको प्राथमिकतामा महिला भए पनि खुल्ला प्रतिस्पर्धाका लागि केही समय अझै लाग्ने भएकाले आरक्षणको व्यवस्था थप गर्नुपर्ने विभाग प्रमुख इश्वरी न्यौपानेले बताइन्।

विधानमा नै केन्द्र तथा प्रदेशमा सहमहामन्त्री पदका लागि आरक्षणको व्यवस्था उल्लेख गरिए पनि जिल्ला तथा अन्य संरचनामा कुनै आरक्षणको व्यवस्था नगरिएको भेलामा सहभागीले बताए।

त्यस्तै भर्खरै जारी क्रियाशील सदस्यतामा सक्रिय महिलाले सदस्यता पाए नपाएकोबारे र कुल संख्यामा ३३ प्रतिशत भए नभएकोबारे जानकारी लिन विभाग र समितिले संयुक्त रुपमा सचिवको नेतृत्वमा अनुगमन गर्ने महिला संघकी सभापति उमा रेग्मीले जानकारी दिइन्।

छलफलमा सहभागी सदस्यहरुले महाधिवेशन अगावै थप सिट संख्या सुनिश्चितताका लागि पार्टी केन्द्रीय समितिमा केन्द्रीय महिला नेताले दबाब दिनुपर्ने आवाज उठाएका छन्।

प्रकाशित: Jun 26, 2021| 13:21 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।