आइतबार, भदौ ७, २०८३

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्थानीय गण्डिगाड खोलाले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्थानीय गण्डिगाड खोलाले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन्।

दिउँसो गाइ चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा बालिका बेपत्ता भएकी हुन्। बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खोलामा बाढी आएको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Jun 26, 2021| 12:08 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।