आइतबार, भदौ ७, २०८३

एकअर्कालाई धोका नदिने देउवा र नेपालको बाचा

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने बाचा गरेका छन्। विपक्षी गठबन्धनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै नेताले एकअर्कालाई धोका नदिने वचनबद्धता प्रकट गरेका हुन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने बाचा गरेका छन्। विपक्षी गठबन्धनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै नेताले एकअर्कालाई धोका नदिने वचनबद्धता प्रकट गरेका हुन्।

पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन अहिले जुन प्रक्रिया अघि बढेको छ हस्ताक्षर फिर्ता गर्ने कुरै हुँदैन। सर्वोच्च अदालतमा अघि बढेको प्रक्रियामा पछि हट्ने कुरै छैन।’ जबाफमा कांग्रेस सभापति देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने वचन दिए। उनले भने, ‘माधवजी लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन।’

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिएका छन्।

यति बेला केपी शर्मा ओली एमालेमा एकताको प्रयासमा छन्। यसका लागि अदालतको रिटमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको सर्त छ। नेपाल समूहका नेताहरूले भने हस्ताक्षर फिर्ता नलिने, तर अदालतको फैसला आउँदा एमाले एक ठाउँमा उभिनुपर्ने पक्षमा छ।
 

प्रकाशित: Jun 26, 2021| 12:23 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।