काठमाडौं– काठमाडौं उपत्यकामा शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७६४ पुगेको छ। यीमध्ये काठमाडौंका एक हजार ८६४, भक्तपुरका ३६२ र ललितपुरका ५३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार २०४, भक्तपुरमा एक हजार ८३३ र ललितपुरमा दुई ४०७ जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौंमा एक लाख ९७ हजार १३७, भक्तपुरमा १९ हजार ८५५ र ललितपुरमा निको भएका ३४ हजार १८० जना संक्रमित निको भएका छन्।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै यो संख्या ८ हजार ९७५ जना पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
यस्तै पछिल्लो २४ जनामा ४९१४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। निको भएको दर ९१.९ प्रतिशत हो।
सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेकोमा ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै संक्रमित ७३४ जनाको आईसीयूमा र २२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।